काठमाडौं, २ जेठ : राज्य पुनर्संरचानाका विवादित विषयमा सहमति जुटाउन दलहरु छलफलमा जुट्ने भएका छन् ।
मुख्य गरी दलहरु राज्य पुनर्संरचनामा प्रदेशको नाम र सिमांकनका विषयमा छलफल केन्दि्रत रहने नेताहरुले बताएका छन् ।
दलहरुबीच ११ प्रदेश बनाउनेमा सहमति नजिक पुगेका छन् । प्रदेशको नाम र सिमांकनमा सहमति जुटाउन दलहरु व्यस्त रहेका छन् ।
मुख्य तीन दल माओवादी, कांग्रेस, एमाले र
मधेसी मोर्चाका नेताहरु छलफलमा सहभागी हुने छन् । छलफल प्रधानमन्त्रीको
निजीनिवास बालुवाटारमा बिहान ९ बजेपछि बस्ने बताइएको छ ।