काठमाडौं, जेठ ९
एकीकृत नेकपा माओवादी र संयुक्त
लोकतान्त्रिक मधेसी मोर्चाबीच आफ्नो अडानलाई कायम राखेर सहमतिको अन्तिम
प्रयास गर्ने निष्कर्ष निकालेका छन् । आज कांग्रेस र एमालेलाई सहमत गराउन
नसके निर्वाचन प्रक्रियामा जाने सहमति उनीहरुले गरेका छन् । बिहान माओवादी
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास लाजिम्पाटमा भएको छलफलमा
राज्यपुनर्संचना आयोग र संविधानसभाको विषयगत समितिले दिएको दुई मध्ये एक
प्रस्तावमा सहमत हुनुपर्ने त्यसो नभए निर्वाचन प्रक्रियामा जाने सहमति भएको
फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले जानकारी दिनुभयो ।
बैठकपछि सीआईएनसँग कुराकानी गर्दै यादवले
कांग्रेस एमालेले संघियता विनाको संविधान ल्याउन खोजेकाले माओवादी र मधेसी
मोर्चा चुनावी प्रक्रियामा गएर पनि टुङ्ग्याउने पक्षमा रहेको बताउनुभयो ।
आजै दिउँसो १ बजे बस्ने सयुक्त बैठकमा माओवादी र मोर्चाको साझा धारणा
राख्ने पनि उहाँले बताउनुभयो । कांग्रेस र एमालेले भने जातिय आधारमा प्रदेश
बनाउन नहुने र अहिले नै संघियतामा गए ८ प्रदशे मान्नुपर्ने अडान राखेका
छन् ।