काठमाडौ , जेष्ठ १०
संविधानसभाको म्याद थप गर्ने निर्णयपछि
उत्पन्न परिस्थितिका विषयमा आज एकीकृत नेकपा माओवादी र मोर्चाबीच छलफल भएको
छ । दुई दलले सरकारमा सहभागी काङ्ग्रेस र एमालेका नेताहरूलाई बनाउने
विषयमा छलफल गरेका छन् । बिहान चार शक्तिको बैठक बोलाइए पनि काङ्ग्रेस र
एमालेका नेताहरू भने आन्तरिक छलफलमा व्यस्त रहनुपरेको भन्दै बैठकमा पुगेनन्
। चार शक्तिको बैठक दिउँसो बस्ने भएको छ । म्याद थप गर्ने विषयमा
काङ्ग्रेस र एमालेले आपत्ति जनाएपछि राजनीतिक जटिलता बढेको छ । संविधानका
बाँकी विवादहरूमा सहमतिको प्रयास भइरहेको बेला संविधानसभाको म्याद गर्ने
विषयमा देखिएको फरक फरक मतले दलहरूबीचको सम्बन्ध चिसिने सम्भावना देखिएको छ
।