Responsive Ad Slot

latest

चौथो दिन पनि संखुवासभा वन्द ।

Sunday, May 20

/ by Unknown


दीपेन्द्र शाक्य, संखुवासभा ,जेष्ठ ७
राज्य पुनर्संरचनाबारेको सहमतिमा जिल्ला टुक्राएको भन्दै विरोधमा आज चौथो दिन पनि संखुवासभा ठप्प पारिएको छ । वन्दका कारण सदरमुकाम खा“दबारी, मानेभञ्ज्याङ लगायतका मुख्य व्यापारिक केन्द्र प्रभावित भएका छन् । दलहरुबीच भएको सहमतिमा संखुवासभालाई टुक्राईएभन्दै बन्दमा ६९ वटा संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् । आज पनि खा“दबारीको पोखरी वजारवाट निस्किएको जुलुसले भानु चौक, देबकोटा चोक हु“दै नगरको विभिन्न भागको परिक्रमा गरेको छ । वन्दका कारण सरकारी कार्यालय, वजार, शैक्षिक संस्था ठप्प भएका छन् । संखुवासभा एकता संर्घष समितिको आह्वानमा बन्द गरिएको हो । वन्दका कारण सदरमुकाम खा“दबारीवाट छुट्ने लामो तथा छोटा दुरीका सवारी साधन चल्न सकेको छैनन् ।
यसैबीच एकीकृत नेकपा माओवादीका कार्यकर्ताले राज्यपुनर्संरचनाबारेको समाचारसँगै कान्तिपुर दैनिकमा स्रोत नभएको नक्सा प्रकाशित भएको भन्दै पत्रिका जलाएका छन् । खा“दबारीको पोखरी वजारमा एक कार्यक्रमको आयोजना गरेर माओबादी कार्यकर्ताले स्रोत विनाको नक्साले भ्रम फिजाएको आरोप लगाउँदै पत्रिका जलाएका हुन् ।
Don't Miss
© all rights reserved
made with by netKUTI