Responsive Ad Slot

latest

प्राकृतिक सम्पदाको उपयोगमा उपराष्ट्रपतिको जोड ।।

Sunday, May 13

/ by Admin BHOLA THAPA
वैशाख ३१, काठमाण्डौं
 उपराष्ट्रपति परमानन्द झाले नेपाल प्राकृतिकरूपमा धनी भए पनि यसभित्रको प्रचुरतालाई सदुपयोग गर्न नसकिएको बताउनुभएको छ । वातावरण र विकासका लागि अन्तर्राष्ट्रिय प्रतिष्ठान (आइआइइडी) र वातावरणीय व्यवस्थापन र दिगो विकासका लागि एसियाली केन्द्र (एइम्स) नेपालले आज राजधानीमा आयोजित ‘भविष्यको सुरक्षा र वातावरणको बचाउ’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपराष्ट्रपति झाले तराईका कतिपय जिल्लामा वन जङ्गल विनासका कारण सिंचाइ हुन नसकी सुख्खाको मारमा त्यहाँका जनता परिरहेको बताउनुभयो । कार्यक्रममा पोखरा विश्वविद्यालयका उपकुलपति डा खगेन्द्रप्रसाद भट्टराईले वातावरणीय मुद्दा विश्वव्यापी मुद्दा भएको भन्दै विकास र वातावरणबीच सन्तुलन कायम गर्न तथा हरित अर्थतन्त्रमा लगानी गर्न ध्यान दिनुपर्ने बताउनुभयो । एइम्सका अध्यक्ष डा. रामबहादुर खड्काले नेपालमा अलग्गै वातावरण मन्त्रालय गठन हुनुपर्ने माग गर्नुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI