खोटाङ, जेष्ठ १३
एघार वर्षअघि भएको सरकारको लाउडा
प्रकरणकाविरुद्ध मसाल जुलुस प्रदर्शन गर्नेक्रममा प्रहरीको गोली लागि घाईते
भएका खोटाङका घाईतेहरुले क्षतिपूर्तीको माग गरेका छन् । लाउडा
प्रकरणविरुद्ध सदरमुकाम दिक्तेलमा मसाल जुलुस प्रदर्शन गर्नेक्रममा २०५८
साल जेठ–१३ गते प्रहरीले चलाएको गोली लागेर ३ जना घाइते भएका थिए । घाईते
भएका नेर्पा–३ का तत्कालिन अनेरास्ववियुका जिल्ला सचिव दिपनारायण रिजाल,
दिक्तेल–५ का तत्कालिन अनेुरास्ववियु २०२२ का सदस्य दिपेन्द्र राई र
नुनथला–५ का विद्यामणी तामाङले आज पत्रकार सम्मेलन गरी ११ वर्षसम्म आफुहरु
अन्यायमा परेको गुनासो गर्दै उचित
क्षतिपुर्तिको माग गरेका छन् । दिक्तेलमा मसाल जुलुस प्रदर्शन गरेर
हाटडाँडाबाट फर्कनेक्रममा २०५८ साल जेठ–१३ गते आजकै रात प्रहरीले
अन्धाधुन्ध चलाएको गोली लागेर विद्यार्थी नेतासहित चार जना घाईते भएका थिए ।
पत्रकार सम्मेलनमा घाईते दिपनारायण रिजालले आफुहरुलाई गोली लागेको ६
दिनपछि घटेको दरबार हत्यकाण्डपश्चात आफूहरुप्रतिको चासो र चिन्ता सेलाएको
गुनासो गर्नुभयो ।