काठमाडौं, जेठ ९ - नोबेल अस्पतालको एम्बुलेन्सले ठक्कर दिँदा कोटेश्वर
जडिवुटीमा एक युवक गम्भिर घाइते भएका छन्। साइकलमा यात्रा गरिरहेका १६
वर्षीय राजेश कार्कीलाई बा ६ च ३८६० नम्बरको एम्बुलेन्सले ठक्कर दिएको हो।
घाइते कार्कीको टाउकोमा गम्भिर चोट लागेको छ।उनको अहिले बीर अस्पतालमा उपचार भइरहेको छ। एम्बुलेन्स चालक गोकुल अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको जनाएको छ।