कास्की, बैशाख २४ - कास्कीको धिताल गाविस नुवागाउँमा जीप पल्टिँदा ११
जनाको ज्यान गएको छ, ३ जना घाईते भएका छन् । कास्कीको ल्वाङघलेलवाट पोखराका
लागि छुटेको गरेको ग १ च ३२ ४८ नम्वरको निजी जीप सडकवाट ३ सय मिटर तल
खस्दा सातजनाको घट्नास्थलमै ज्यान गएको हो । चारजनाको उपचारको क्रममा ज्यान
गएको प्रहरीले जनाएको छ ।
ल्वाङघलेल गाविस वडा नम्वर १ का जंग वहादुर विक, असरथी विक, वलराम गौतम,
वखत वहादुर क्षत्री, वडा नम्वर २ का मिनवहादुर विक, टेकवहादुर विक र मिठु
अधिकारीको घट्नास्थलमै ज्यान गएको हो । यस्तै ल्वाङ्गघलेल गाविस ४ का आकाश
क्षेत्री र वडा नम्वर ४ का जुनु गुरुङको उपचारको क्रममा ज्यान गएको हो ।
ज्यान गुमाउने एक महिला र एक पुरुषको भने परिचय खुलेको छैन । घाईते
तीनजनाको पश्चिमाञ्चल क्षत्रीय अस्पताल र मनिपाल शिक्षण अस्पताल पोखरामा
उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उकालो
कच्ची सडकमा जीप भित्ता ठोक्किएपछि भिरबाट पल्टिएको वडा प्रहरी कार्यालय
वगरका प्रहरी ईन्स्पेक्टर भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।