लहान, जेष्ठ १३
लगातारको बन्दको कारण सिरहा सप्तरीका
कृषक, र उपभोत्ता मर्कामा परेका छन् । १ महिना भन्दा लामो बन्द भएपछि
सिरहाका तरकारी किसानले उब्जाएको तरकारीले मुल्य पाएको छैन । लामो समयदेखि
बन्द हुदा आफुले उत्पादन गरेको तरकारी सिरहा बाहिरका ठाउँमा जान नपाएकाले
गर्दा तरकारीले मुल्य नपाएको सिरहाका फुलकाहाकटी गाविसका स्थानीय किसान
चन्द्रदेव महतो बताउनु हुन्छ । लामो समयदेखि बर्षा नभएकाले महगो मुल्यमा
डिजेलबाट मोटर चलाएर सिंचाई गरेपनि तरकारी बाहिर नियात नहुदा तरकारी हस्तो
मुल्यमा नै बेच्न बाध्य भएको महतोको भनाइ छ ।