काठमाडौ , जेष्ठ २
संविधान निर्माणका क्रममा देखिएका
विवादहरुलाई मिलाउने बारेमा छलफल गर्न सुरु भएको मधेसी मोर्चा सहित प्रमुख
दलहरुको बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा
जारी बैठकमा हिजो भएको सहमतिका आधारमा विषयहरुलाई छोट्याउने बारेमा
कुराकानी भइरहेको बुझिएको छ । शासकीय स्वरुपमा मिश्रीत प्रणाली अपनाउने र
राज्यपुनर्संचनाको काम विस्तारित संसदलाई जिम्मा लगाउने सहमति भए पनि
अन्तिम टुङ्गो लागिसकेको छैन । राष्ट्रपति र प्रधानमन्त्री दुईटैलाई अधिकार
दिने सहमति भए पनि कति अधिकार बाँडफाँड गर्ने भन्नेमा सहमति भइसकेको छैन ।
मधेसी जनअधिकार फोरम गणतान्त्रिकका कार्यवाहक अध्यक्ष राजकिशोर यादवले
हिजो धेरै विषयमा सहमति नजिक पुगेको तर एउटा विषयमा पनि अन्तिम निचोड
नआइसकाले आजको बैठक त्यसमा केन्द्रित रहेको बताउनुभयो ।