जेठ १४ - लगातार ३० दिनको बन्दका कारण प्रकाशन सामाग्रीको अभावमा कैलालीका १
दर्जनभन्दा पत्रिका बन्द भएका छन। लगातारको बन्दले अत्यन्त कष्टकर र
अस्तब्यस्त जीवन बिताउन बाध्य यस क्षेत्रका वासिन्दा शनिबारदेखि स्थानीय
पत्रिका पढ्नबाट पनि बञ्चित बनेका छन।
प्रकाशन सामाग्री अभावका कारण पत्रिका बन्द गर्नुपरेको पत्रिकाका प्रकाशक र सम्पादकहरुले बताएका छन।
धनगढीबाट निस्कने सुदूरसन्देश दैनिकका सम्पादक तथा प्रकाशक हेमन्त पौडेलले पत्रिका छाप्ने कागज,प्लेट लगायतका सामाग्रीको अभावले पत्रिका बन्द गर्नुपरेकेा बताएका छन।
'लगातारको बन्दले प्रकाशन सामाग्री नै नपाइएपछि पत्रिका बन्द गर्नु परेको हो,'उनले भने, 'जवसम्म बन्द खुलेर प्रकाशनका सामाग्रीको आपूर्ती हुदैन तवसम्म पत्रिका बन्द नै हुन्छन।'
धनगढीबाट निस्कने श्री नेपाल टाइम्स दैनिक,सेती समाचार दैनिक, सुदूर सन्देश दैनिक, पश्चिम नेपाल दैनिक, अनुमोदन दैनिक,मर्निग्ा वेल दैनिक , कैलाली दैनिक , श्रमसृजना दैनिक, पहुरा दैनिक ,राष्टिय सन्दर्भ दैनिक,न्यू टुडे दैनिक,कैलाली दैनिक, आर्थिक खप्तड टुडे दैनिक अनिश्चितकालका लागि बन्द भएका छन।
यी पत्रिकाका सम्पादक र प्रकाशकले संयुक्त बिज्ञप्ती निकाली करिव १ महिना लामो बन्दले प्रकाशन सामाग्री नपाएका कारण अनिश्चितकालिन पत्रिका बन्द गरिएको जनाएका छन।