Responsive Ad Slot

latest

लमजुङमा मर्स्याङ्दी ए जलबिद्युत आयोजनाको पुर्बाधार निर्माण सुरु

Monday, May 14

/ by Admin BHOLA THAPA
लमजुङ, जेष्ठ १ - सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले निर्माण गर्न लागेको ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ए जलबिद्युत आयोजनाको पुर्बाधार निर्माणको काम सुरु भएको छ ।  सरकाबाट बिद्युत उत्पादन अनुमती लाइन्सेन्स पाएपछि चीनको सिनो हाइड्रे र नेपालको सगरमाथा पावर कम्पनीले संयुक्त रुपमा उत्तरी लमजुङको भुलभुलेमा सो आयोजना निर्माण गर्न लागेका हुन् ।

भुलभुलेको ङादीमा बाँध बाँधी सोही गाविसको वडा नं ३ स्थित मर्स्याङ्दी तटमा बिद्युत गृह बनाउन लागिएको छ । आयोजनाले यतिबेला सडक र पुल निर्माणको काम अगाडी बढाएको छ । आयोजनाको निर्माण सामग्री मस्र्याङदी वारीपारी गराउनका लागि खुदीको छहरे खोला नजिक मस्र्याङदी नदीमा पुल र सडकको काम भइरहेको आयोजनाका जनसंपर्क अधिकृत कृष्णप्रसाद देवकोटाले बताउनुभयो ।

आयोजनाको अनुसार ङादी दोभानमा बाँध बाँधी ६.५ किलोमिटर सुरुङबाट खुदीको अमर उच्च माविको ठिक पारीपट्टी बिद्युत गृह बनाउने जनाएको छ । २०७३ असोजदेखि ब्यापारीक रुपमा बिद्युत उत्पादन गर्ने लक्ष्य लिएको आयोजनामा सिनोको ९० र सगरमाथाको १० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो । आयोजना निर्माणका लागि करिब १० अर्ब रुपैयाँ लाग्ने कम्पनीले तयार पारेको बिस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ले देखाएको छ । आगामी मंसिरदेखि आयोजनाको सिभिल संरचना निर्माणको थालनी गरी आगामी ५ बर्ष भित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI