तनहुँ ,
जेष्ठ ७ – कक्षा १२ को परिक्षा दिएर आएका व्यास २ दमौलीका १७ वर्षीय कुशल
कार्कीलाई दुई जना युवाले कुटपिट गरेका छन् । कुटपिटबाट कार्कीको टाउकोमा
चोट लागेको छ ।
घाइते कार्कीको दमौली अस्पतालमा उपचार भई
रहेको छ । घाइते कार्कीले व्यास २ दमौलीका नारायण गुरुङ्ग र दिवस गुरुङ्गले
टाउको पछाडिको भागमा धारिलो हतियार प्रहार गरी भागेको बताए ।
‘परिक्षा दिएर परिक्षा हलबाट बाहिरिदैं थिएँ,’ उनले भने, ‘एक्कासी पछाडीबाट आएर उनीहरुले आक्रमण गरी भागे ।’
उपचारमा संलग्न दमौली अस्पतालका अहेव राजिव
रानाभाटले टाउको पछाडीको भागमा धारिलो हतियार प्रहार गरिएको बताए । उनले
कार्कीको अवस्था चिन्तामुक्त रहेको जानकारी दिए ।
घाइते कार्कीका बुवा कृष्ण कार्कीले हतियार
प्रहार गरी आक्रमण गर्ने युवालाई पक्राउ गरी कारवाही प्रकृया अघि वढाउन
प्रहरीमा उजुरी दिएका छन् ।