नेपाल समाचार 2012, May, 13th, Sun, 12:12:20pm
वैशाख ३१, काठमाण्डौं
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले आज÷भोलिमै विवादित विषयमा सहमति भए जेठ १४ गते नै संविधान जारी गर्न संभव रहेको बताउनु भएको छ । विवादित बिषयमा सहमति भए प्रक्रिया छोट्याएर पनि संविधान बनाउन सकिने उहाँको विश्वास थियो । सिंहदरवार स्थित आफ्नै कार्यकक्षमा केही पत्रकारसंग कुरा गर्दै अध्यक्ष नेम्वाङले संविधान जारी गर्ने संभावना टरिनसकेको बताउनु भएको हो । ‘विवादित बिषयमा सहमति भए हामी रातदिन काम गरेर भएपनि पूर्ण संविधान जारी गर्ने पक्षमा छौ, उहाँले भन्नुभयो–शीर्ष नेताहरुले आज भोलिमै विबाद सुल्झाउने आश्वासन दिएका कारण आशावादी छु ।’ जेठ १४ मा संविधान जारी गरी सहमति नभएका विषयलाई व्यवस्थापिका संसदमा रुपान्तरित हुने विद्यमान संयन्त्रवाट टुगो लगाउन सकिने विकल्पबारे नेताहरुलाई सुझाएको उहाँले बताउनु भयो ।