काठमाडौं, जेठ १२ - संविधान सभाको म्याद नथप्न सर्वोच्चको
निर्णयलाई स्वागत गर्दै जनमोर्चाले प्रधान मन्त्री बाबुराम भट्टराईको
राजिनामा माग गरेको छ। संविधान जेठ १४ भित्रै ल्याउन माग गर्दै पार्टीले
त्यो सम्भव नभए संविधान सभाबाटै अन्य विकल्प खोज्न आग्रह गरेको छ।विदेशी षड्यन्त्रमा म्याद थप्ने प्रयास भएको भन्दै महासचिव
साध्यबहादुर भण्डारीद्वारा जारी वक्तव्यमा अहिलेको समस्याको समाधानका लागि
प्रधान मन्त्रीले तत्काल राजिनामा दिनुपर्ने उल्लेख छ।