काभ्रे, , जेष्ठ १०,
स्वायत्त दोने भूमि घोषणा र आदिवासी
जनजातिमा दोने समुदायलाई सुचिकृत गर्नुपर्ने माग गर्दै आज काभ्रे र
सिन्धुपाल्चोक बन्द आह्वान गरिएको छ । नेपाल दोने विकास समाज, दाने
स्वायत्त संघर्ष समिति र दोने सुचिकृत संघर्ष समितिले संयुक्त रुपमा बन्द
आवह्वान गरेका हुन् । बन्दका लागि काभ्रे हुदैँ अरनिको राजमार्ग भएर
सिन्धुपाल्चोक, दोलखा, रामेछाप लगायतका जिल्ला तर्फ जाने र राजधानी
भित्र्ने कुनै पनि यातायातका साधन चल्न सकेका छैनन् ।
यद्यपी काभ्रे सदमुकाम धुलिखेलबाट छोटो
दुरीका सवारी भने सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपाले
जनाएको छ । बन्दकर्ताहरु काभ्रेको पाँचखाल, तिनपिप्ले, तामाघाट लगायतका
बजारहरुमा भेला भएका छन् । बन्दकर्ताहरुले एम्बुलेन्स, पर्यटक बसका साथै
अतिआवश्कीय सवारी साधन बाहेक मोटरसाइक र साइकल समेत सञ्चालनमा रोक
लगाइरहेको प्रहरीले जनाएको छ । संयुक्त संघर्ष समितिले काभ्रेको पाँचखाल,
बालुवा, मण्डल, देउपुर, महादेवस्थानका साथै सिन्धुपाल्चोकको फट्शिला,
सिपापोखरे लगात गाविसलाई समेटेर ‘स्वायत्त दोने भूमि’ घोषणा गर्न दबाब दिने
उद्देश्यले बन्द आह्वान गरिएको दोने स्वायत्त संघर्ष समितिका संयोजक राजन
दोनले जानकारी दिए ।