काठमाण्डौं, जेष्ठ १७
संविधानसभाको चुनाव गर्न सरकारले आउँदो मङ्सिर ७ गते मिति तोकेको विरुद्धमा परेको रिट निवेदनमाथि आजदेखि सवोच्च अदातलमा बहस हुने भएको छ । सरकारले गरेको निर्णय असंवैधानिक भएको भन्दै अधिवक्ता सन्तोष बस्नेतले हिजो सर्वोच्च रिट दायर गर्नुभएको थियो । रिटमा अधिवक्ता बस्नेतले निर्वाचनसम्बन्धी कानुन र अन्तरिम संविधानमा संशोधन नै नगरी संविधानसभाको चुनाव गर्न लागिएकोले गैरसंवैधानिक भएको दाबी गर्नुभएको छ । २०६३ मङ्सिर मसान्तसम्ममा १८ वर्ष उमेर पूरा भएका नेपाली नागरिकलाई मात्र निर्वाचनमा सहभागी हुन पाउने कानुनी व्यवस्था भएकोले लाखौं नेपाली उमेर पुगे पनि मतदानबाट वन्चित हुनसक्ने भएको भन्दै रिट दायर गरिएको बस्नेतको भनाइ छ ।