सन्तोष जिएम,सल्यान ,जेष्ठ ७
पहिचान र सामथ्र्यको आधारमा संघीय राज्यको
पुनरर्संरचना गर्नुपर्ने लगायतका मागसहित आदिवासी जनजाति महासंघ लगायतका
संगठलने आह्वान गरेको बन्दको प्रभाव सल्यानमा परेको छ । सल्यानबाट बाहिरिने
र भित्रने कुनै पनि सवारी साधन चलेका छैनन् । सल्यानका खलङ्गा,श्रीनगर,
थारमारे, सल्लीबजार, लुहाम र कपुरकोट बजार पूर्ण रुपमा बन्द छन् भने
सल्यानमा सञ्चालित सामुदायिक तथा निजी बिद्यालयहरु पनि खुलेका छैनन् ।