प्रदीप चौधरी, कपिलवस्तु ,जेष्ठ ७
बन्दले गर्दा कपिलवस्तुमा लाखौको तरकारी
बोटमै सुक्न थालेको छ । कपिलवस्तुको धनकौली गाविसका किसानले लगाएको तरकारी
तथा चिसो फलहरु बोटमै सुक्न थालेका छन् । जिल्लामा बिभिन्न जातीय संघ,
संगठन तथा समूहको जारी बन्दका कारण निकासी
ठप्प भएपछि तरकारी तथा चिसो फलफुल बोट मै
सक्न थालेका हुन । धनकौली गाविसमा दैनिक १० क्वीन्टल तरकारी तथा २०
क्वीन्टल चिसो फलफुल उत्पादन तथा निकासी हुदै आएकोमा विगत १० दिनदेखि जारी
बन्दका कारण किसानले तयारी अवस्थामा रहेका तरकारी विक्री गर्न नपाएको
गुनासो गरेका छन् । कृषि उपज संकलन केन्द्रमार्फत आफ्नै घरदैलोबाट विक्री
हुदै आएको तरकारी तथा चिसो फल खरबुजा र काक्रो बेच्न नपाएपछि बोट मै
सुेकेको
स्थानीय किसान बहराईची केवटले बताउनुभयो ।