काठमाण्डौं,जेष्ठ ३
पटक पटक स्थगित हुँदै आएको संविधानसभाको
बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । संसद् सचिवालयले हिजो पनि बैठक
सूचना टाँसेर स्थगन गरिएको थियो । प्रमुख राजनीतिक दलहरू बीच संविधान
निर्माणका विवादित विषयमा सहमतिका लागि पहल भइरहेकाले गएको वैशाख ११
गतेदेखि संविधानसभाको बैठक सूचना टाँस गरी स्थागन हुँदै आएको छ । दलहरू
हिजो भएको सहमतिको लिखित मस्यौदालाई अन्तिम रुप दिन छलफलमै रहने भएकोले
आजको बैठक पनि स्थगित हुनसक्ने सम्भावना रहेको छ ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम
भट्टराईको सिफारिसमा राष्ट्रपति डा. रामवरण यादवले संसदको ११ औं अधिवेशन
भोलिका लागि आह्वान गर्नुभएको छ ।