भद्रपुर, ३ जेठ-
तीन दिनदेखि बन्द रहेका झापाका निजी तथा सरकारी विद्यालय आजदेखि सुचारु भएको छ ।
तीन दिनदेखि बन्द रहेका झापाका निजी तथा
सरकारी विद्यालय आजदेखि सुचारु भएको छ ।आन्दोलनरत जातीय समूहले विद्यालय
सञ्चालनमा अवरोध नगर्ने प्रतिबद्धता जनाएपछि आजदेखि पठनपाठन सुचारु भएको हो
।
स्थानीय प्रशासनको पहलमा मङ्गलबार भएको छलफलमा आन्दोलनरत जातीय समूह
लिम्बुवान, कोचिला, थरूहट, ब्राह्मण समाज, खसक्षेत्री एकता समाजलगायतले
विद्यालयका सवारीसाधनका साथै पठनपाठनमा अवरोध नगर्ने प्रतिबद्धता जनाएको हो
।यसअघि, निरन्तर बन्दका कारण पठनपाठनमा समस्या भएको जनाउँदै निजी तथा
आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले बर्खे बिदामा समायोजन गर्ने गरी
जेठ १ देखि जेठ १६ गतेसम्म विद्यालय बन्दको सूचना जारी गरेको थियो
।सरोकारवालासँग पर्याप्त छलफल नगरी अकस्मात विद्यालय बन्द गरेको भन्दै
व्याब्सनलाई विद्यालय खोल्न चर्को दबाब परेको थियो ।