रदीप चौधरी, कपिलवस्तु ,जेष्ठ १७
अत्याधिक गर्मीका कारण कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । गर्मीसँगै तातो हावा चलेकाले जनजीवन प्रभावित बनेको हो । अनियमित विद्युतका कारण पनि जिल्लाको जनजीवन थप कष्टकर बनेको छ । जल तथा मौसम विज्ञान विभाग अन्र्तगत जिल्लाको रामनगर सव स्टेशनका अनुसार एक सातादेखि जिल्लाको दिउँसोको अधिकतम तापक्रम ४० भन्दा माथि भएको सव स्टशेनका कर्मचारी रामु रेग्मीले जानकारी दिनुभयो । गर्मी बढेपछि जिल्ला अस्पातल तौलिहवा तथा स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप पनि बढदै गएका छन् । उपचार गराउन आउने दैनिक सय बढी बिरामीमध्ये ३० प्रतिशत बढी गर्मीबाट लु लागेका बिरामीहरु रहको तौलिहवा अस्पतालका डाक्टर अनन्त शर्माले बताउनुभएको छ । गर्मीको प्रभाव मानिस मात्र नभै चौपाया र चराचुरुङ्गीमा पनि परेको छ । जिल्लाको धरमपानिया वडा नं ३ सेरहिया गाउँमां गर्मीका कारण आधा दर्जन
भगेरा चरा मरेको स्थानीय वालकृष्ण वरईले बताउनुभयो ।