रोहितकुमार मण्डल, सिरहा, जेष्ठ १७
अवैध रुपमा भारत निकासी गर्न लागिएको करिब दुई लाख रुपैयाँ बराबरको सुपारीसहित एक भारतीय नागरिक आज सिरहामा पक्राउ गरिएको छ । जिल्लाबाट गएको विशेष प्रहरी टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो । बिआर ३३ एफ ७३१४ नम्बरको महिन्द्रा बोलेरो पिकअपमा लैजाँदै गरेको करिब १० क्विन्टल सुपारीसहित मधुबनी मझौराका बिजुली सिंहलाई सप्तरीको मौवाहा–७ मा पर्ने सीमा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्याल सप्तरीका प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सीमा क्षेत्रबाट गाडिसहित बरामद गरेको २१ बोरा सुपारी सार्वजनिक गरिएको छ । बोरामा लुकाई छिपाई भारततर्फ लैजान लागिएको सुपारीहरु तेलको खाली टिनले छोपेर लैजाँदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा फेला परेको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक प्रधुम्न अधिकारीले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक गणेशबहादुर थापाका अनुसार बरामद गरिएको रु १० लाख मूल्य बराबरको गाडीसहित रु दुई लाखको सुपारी आजै भन्सार कार्यालय कुनौली बेल्हीमा बुझाइने छ ।