खैरेनी १२ जेठ :- सामाजिक सदभाव र भातृत्व पे्रममा खलल नपुगोस भन्दै खैरेनी दुलेगौडा नागरिक समाजले आज तनहुँमा शान्ति र सद्भाव र्याली निकालिएको छ । जातिय सद्भाव प्रगाढ वनोस भन्दै स्थानिय नागरिकहरुले खैरेनीटार वजारवाट र्याली निकालेका थिए । शान्तिको सन्देश वोकेको प्लेकार्ड र व्यानर सहित निस्केको र्यालिले नगर परिक्रमा गरि दुलेगौडा वजारको वि.पि. चोकमा पुगि सभामा परिणत भएको थियो ।
र्यालीमा विभिन्न जातजाति,आमा समुह , जातिय पहिचान सहितको झाँकि र पोशाकमा महिला , पुरुष र वृद्दवृद्दाहरुको उल्लेख्य सहभागिता रहेको थियो । र्याली समापन कार्यक्रका सभापति आयोजक सँस्थाका अध्यक्ष दिव्यरमण अर्यालले सदियौ देखि रहि आएको जातिय सद्भावलाई अक्षुणं राख्दै सवै वर्ग र समुदाय एक हुनुपर्नेमा जोड दिनुभएको थियो । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सँघ खैरेनी वजार इकाइका सभापति हरि वहादुर थापा , दुलेगौडा वजार इकाइ सभापति विमल प्रसाद रिमाल , वन उपभोक्ता महासंघ तनहुका अध्यक्ष मुक्तिनाथ तिमिल्सेना , नागरिक समाजका पुर्व अध्यक्ष चन्द्रसिह गुरुङ्ग , नारायण प्रसाद वाग्ले , खेमराज खनाल , नारायण सिग्देल , वावुराम वस्नेत , सरिता राना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सँस्थाका सद्स्य रामकुमारी गुरुङ्गले स्वागत मन्तव्य व्यक्त गनुभएको सो कार्यक्रममा धन्यावाद ज्ञापन सँस्थापक अध्यक्ष विजयराज पौडेलले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन सँस्थाका सल्लाहकार सदस्य वालकृष्ण पौडेलले गर्नुभएको थियो ।