Responsive Ad Slot

पार्टी फुटको सम्भावना बढ्यो : बैद्य समूह

Thursday, May 31

/ by Admin BHOLA THAPA
१८ जेठ, काठमाडौ ।माओवादीको असन्तुष्ट बैद्य पक्षले भने पार्टी एकताको सम्भावना अब सकिएको प्रतिक्रिया दिएको छ ।
संस्थापन पक्षसँग कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल र निर्णय गर्न बरिष्ठ उपाध्यक्ष मोहन बैद्य समूहको केन्द्रीय सदस्यहरुको बैठक मध्यान्ह ललितपुरको कुपन्डोलमा बस्दैछ ।
संविधानसभाको विघटनपछि एउटै एजेण्डा बनाएर भावी रणनीति बनाउने संस्थापन पक्षले प्रयास गरे पनि बैद्य समूहले भने पार्टी एकताको सम्भावना करिब सकिएको प्रतिक्रिया दिएको छ । पोलिटब्यूरो सदस्य हरिभक्त कँडेलले पार्टी नेतृत्वसँगको सम्बन्धको बारेमा आधिकारिक धारणा तयार पार्ने र त्यसै अनुसार कदम चाल्ने बारेमा आजको बैठकमा छलफल र निर्णय गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थापन पक्षले पार्टीको आधिकारिक लाइन र सिद्वान्त छोडेका कारण एकताको सम्भावना कम्जोर देखिएको छ । पार्टी एकताको लागि अध्यक्ष पुष्पकमल दाहालले पद छोड्नुपर्ने र विगतमा भएका गल्ती स्वीकार गर्नुपर्ने बैद्य समूहले शर्त राखेको छ ।
आफू पक्षका केन्द्रीय समितिको बैठकमा संविधानसभा विघटनको कारण, समीक्षा, अहिलेको सरकारको राजिनामा माग र राष्ट्रिय सरकार निर्माणको बारेमा पनि कुराकानी हुने पोलटव्यूरो सदस्य कँडेलले जानकारी दिनुभयो ।
माओवादीको संस्थापन पक्षको केन्द्रीय समिति ४ घण्टा स्थगित
बिहान ११ बजेको लागि बोलाइएको एकीकृत माओवादी संस्थापन पक्षका केन्द्रीय सदस्यहरुको बैठक दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको
Don't Miss
© all rights reserved
made with by netKUTI