काठमाण्डौं, जेष्ठ १३
नेकपा एमालेले सहमति भइसकेको बुँदाहरूलाई
समेटेर संविधान जारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । आज बिहान बसेको
संसदीय दलको बैठकले सहमति जुटाउन बाँकी रहेको विषयहरूलाई पछि रुपान्तरित
संसदमा लैजाने निर्णय गरेको छ । अहिलेसम्म संविधानका सबै विषयहरूमा पार्टी
एकतावद्ध रहेको प्रस्ताव पनि बैठकले पारित गरेको छ । जनजाति सभासद्हरूले
पहिचानका मुद्दामा पार्टीले पुनर्विचार गर्नुपर्ने कुरा उठाएपछि केहीबेर
बैठकमा चर्काचर्की भएको थियो । संविधान जारी गर्नका लागि भोलिसम्ममा पनि
सहमति नभए एमाले सरकार परिवर्तनको पक्षमा जाने दलले निर्णय गरेको छ ।