बिराटनगर, बैशाख २२ – मोरङ जिल्ला खेलकुद विकास समितिको आयोजनामा जिल्ला
स्तरीय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विराटनगरको
सहिद मैदानमा सुरु प्रतियोगिताको पहिलो दिन चार स्वर्णको छिनोफानो भएको छ ।
प्रतियोगिताको पहिलो दिन दुलारिको साजिलाल उच्च माविले २ स्वर्ण र एक रजत
गरि १३ अंकका साथ अग्र स्थानमा रहेको छ । त्यसैगरि जुपिटर बोर्डिङ स्कुल
दुलारीले १ स्वर्ण, १ रजत र १ कास्य सहित १० अंक बनाएको छ । यस्तै बार्णि
मावि सिद्राले १ स्वर्ण र १ रजत गरि ८ अंकका साथ तेस्रो स्थान र विराटनगरको
मदर टेरेसा मेमोरियल स्कुलले २ कास्य सहित ४ अंकका साथ चौथो स्थान बनाएका
छन् ।
सगरमाथा सेकेण्डरी स्कुल विराटनगले १ रजत सहित ३ अंकका साथ पाँचौ स्थानमा छ ।
१५ सय मिटर छात्र दौडमा साजिलाल मावि दुलारिका सरोज खनालले स्वर्ण, सोहि विद्यालयका पदम तामाङले रजत र माउण्ट मकालु दुलारीका जीवन अधिकारीले कास्य पदक हात पारेका छन् ।
१५ सय मिटर छात्र दौडमा साजिलाल मावि दुलारिका सरोज खनालले स्वर्ण, सोहि विद्यालयका पदम तामाङले रजत र माउण्ट मकालु दुलारीका जीवन अधिकारीले कास्य पदक हात पारेका छन् ।
छात्रा तर्फको १५ सय मिटर दौडमा बाणी मावि सिद्राकी दु्र्गाकुमारी माझिले
स्वर्ण, जुपिटर स्कुल दुलारीकी निसा लिम्बुले रजत र सोहि विद्यालयकी मिना
बास्तोलाले कास्य पदक हात पारेकी छन् ।
हाइजम्प छात्रतर्फ साजिलाल दुलारीका कृष्ण विकले स्वर्ण, सगरमाथा स्कुलका
किशोर शाहले रजत र मदरटेरेसाका ओमप्रकाश शाहले कास्य पदक हात पारेका छन् ।
हाइजम्प छात्रातर्फ जुपिटर स्कुलकि मनुजा डाँगिले स्वर्ण, बाणी सिद्राकि
सकुन्तला विश्वासले रजत र मदरटेरेसा विराटनगरकी अर्चना यादवले कास्य पदक
हात पारेकी हुन ।
भलिबल छात्र तर्फ विकेभिएम स्कुल विराटनगर, जेम्स इन्टरनेश्नल स्कुल
विराटनगर र जनक मावि झोराहाट विजयी भएर क्वाटर फाइनल प्रवेश गरेका छन् ।
भलिबल छात्रातर्फ अर्किट उच्च मावि विराटनगर, विकेभिएम विराटनगर र जेम्स
इन्टरनेश्नल विराटनगर विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् ।
तीनदिन सम्म सञ्चालन हुने प्रतियोगितामा मोरङका निजी तथा सामुदायीक गरि ३२ विद्यालयबाट ५ सय ५० विद्यार्थी खेलाडी सहभागि छन् ।