१६ जेठ, काठमाण्डौं । संविधानसभा विगठन
भईसकेपछि सरकारले घोषणा गरेको निर्वाचन मितिका बारेमा आफ्नो पार्टीको
आधिकारीक धारणा तय गर्न नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक मंगलबार
बस्दैछ । केहीबेरमा बस्ने बैठकमा नयाँ निर्वाचन घोषणा गरेको सरकारको कदम,
संविधानसभा भंग भएपछि उत्पन्न पछिल्लो परिस्थिति लगायतका बारेमा छलफल गरिने
काँग्रेस नेता अर्जुन नरसिंह केसीले जानकारी दिनुभएको हो ।
त्यस्तै बैठकमा प्रधानमन्त्रीको एकलौटी
ढङ्गबाट अघि बढ्ने प्रयासलाई असफल पार्न अपनाउने कदमको बारेमा केन्द्रीय
समितिको बैठकले निर्णय गर्नेछ । त्यस्तै दिउँसो बस्ने अन्यदलको बैठकमा छलफल
गर्ने एजेण्डा पनि तय गर्ने काँग्रेसले जनाएको छ ।