Responsive Ad Slot

latest

» संविधानका विवाद मिलाउने बारेमा दलहरुको बैठक जारी ।। » हवाईजहाज दुर्घटना प्रति दुःख व्यक्त ।। » दलहरुको छलफल र नागरिका आवाज प्रति राष्ट्रसंघको चासो ।। » प्रदेश र शासकीय स्वरुपको अडान नछाड्ने कांग्रेसको निस्कर्ष ।। » आयल निगमलाई ऋण सहायता दिने सरकारको निर्णय ।। दलहरुको छलफल र नागरिका आवाज प्रति राष्ट्रसंघको चासो ।।

Tuesday, May 15

/ by Unknown
काठमाडौ , जेष्ठ २
सयुक्त राष्ट्रसंघले संघियताको मागलाई लिएर नेपालमा भइरहेको बन्द हड्तालका विषयमा चासो र चिन्ता जनाएको छ । राष्ट्रसंघीय महासचिव बान कि मुनले आसन्न संघीय नेपालका बिषयलाई लिएर नेपालमा दिनहुँ भइरहेका प्रदर्शनप्रति चिन्ता ब्यक्त गर्नुभएको छ । वानका प्रवक्ताले एक बिज्ञप्ति निकाली नेपालका राजनीतिक दलहरुलाई आ—आफ्ना असहमतिबाट माथि उठेर जनआकांक्षा सम्बोधन गर्न आग्रह गर्नु भएको छ । नयाँ संघीय संरचनामा आफ्नो ठगिने डर मानिरहेका समुदायलाई पनि आश्वस्त पार्न जरुरी रहेकाले सीमान्तकृत समुदायको आवाजलाई सम्बोधन गरिनुपर्छ बानको बिज्ञप्तिमा भनिएको छ । आसन्न संघीय राज्यको नाम र सीमाका बिषयलाई लिएर पछिल्ला दिनमा नेपालमा निरन्तर भइरहेको बन्द, हडताल तथा झडपको अवस्थामा प्रति चिन्ता व्यक्त गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI