चेन्नई पाँचौं संस्करणको प्ले अफमा खेल्ने एक्लो तथा पहिलो टिम हो। यो दुई पटकको विजेता पनि हो। तर यस पटक भने यसले भाग्यको साहारामा अन्तिम चारमा स्थान भेटाउन सफल भएको छ।
मुम्बई एक पटक फाइनलमा पुगेर पनि उपाधि चुम्न असफल भएको थियो। अहिलेको उत्सुकता भनेकै चेन्नइले उपाधिको ह्याटि्रक गर्छ वा आइपिलले दुई वर्षपछि नयाँ च्याम्पियन भेटाउछ भन्ने हो।
प्ले अफमा पुगेका टिमका कप्तानको व्यक्तिगत प्रदर्शनको कुरा गर्ने हो भने कोलकता नाइटराइडर्सका कप्तान गौतम गम्भिर सबैभन्दा बलिया देखिएका छन्। उनले १५ म्याचमा ३९ दशमलव ७१ को औसतले ५ सय ५६ रन बनाएका छन् जसमा छ अर्ध सतक सामेल छ।
दोस्रो स्थानमा दिल्ली डेयरडेविल्सका कप्तान वीरेन्द्र सहवाग छन्। उनले १४ म्याचमा ३७ दशमलव २३ को औसतले ४ सय ८६ रन बनाएका छन्। उनले पाँच अर्ध सतक हिर्काएका छन्।
चेन्नई सुपरकिंग्सका कप्तान महेन्द्रसिंह धोनीको नाममा १६ म्याचमा २४ दशमलव ४५ औसतले ३ सय ९१ रन बनाएका छन्। उनले यस सत्रमा अर्ध सतक बनाउन सकेका छैनन्।
मुम्बई इन्डियन्सका कप्तान हरभजन सिंहको प्रदर्शन औसत रहेको छ। १६ म्याचमा उनले जम्मा १५ विकेट झारेका छन् भने १ सय ७ रन बनाएका छन्।
प्ले अफको पहिलो भिडन्त आज पुणेमा कोलकता नाइटराइडर्स र दिल्ली डेयरडेविल्स विच हु