दशरथ घिमिरे, दाङ, जेष्ठ ३
पहिचानसहित जातिय राज्यको माग गर्दै
संयुक्त संघर्ष समितिले आह्वान गरेको ५ दिने तराई बन्दको प्रभाव आज तेस्रो
दिन जारी छ । जातीय पहिचानसहितको सङ्घीय राज्य स्थापितका लागि दवाव स्वरुप
सङ्घीय पक्षधर संयुक्त सघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण
यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् भने व्यापार व्यवसाय पनि ठप्प छ
। दाङको भालुवाङ्गमा ४५ वटा वसका सैयौं यात्रुहरु अलपत्र परेका छन् ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै गएराति देउखुरीमा एउटा मोटरसाईकलमा आगजनी
भएको छ भने अर्को एक मोटरसाईकल तोडफोड गरिएको छ । सिसहनिया–४ पिपरीमा भे ३
प ५३४४ नम्वरको मोटरसाईकलमा बन्द कर्ताहरुले आगजनी गरेका ईलाका प्रहरी
कार्यालय भालुवाङ्गले जनाएको छ । मोटरसाईलक आगजनी गर्ने क्रममा प्रहरी र
बन्दकर्ताबीच केहीवेर धडपकड चलेको थियो ।