काठमाडौं, बैशाख ३१ – नेपाली काँग्रेसले प्रदेशको नाम राख्ने जिम्मा
प्रादेशिक सभालाई दिनुपर्ने निर्णय गरेको छ । आइतबार बसेको काँग्रेस संसदीय
दलको बैठकले प्रदेशको नाम राख्ने जिम्मा प्रादेशिक सभालाई दिने निर्णय
गरेको हो ।
बैठकपछि काँग्रेस नेताहरुले यो काँग्रेसको आधिकारिक धारणा भएको बताए ।
बैठकमा पार्टीको अडानका विषयमा समिक्षा भएको छ । नेपाली काँग्रेसभित्र ८
प्रदेशमा अडिग रहने या ११ प्रदेशसम्म जाने भन्ने विषयमा पनि छलफल भएको छ ।
छलफलमा प्रदेशको नामाकरण गर्ने जिम्मा प्रादेशिक सभालाई दिँदा ११ प्रदेश सम्म जान सकिने धारणा आएको स्रोतले जनाएको छ ।