दश दिनदेखिको बन्द खुलेपछि चितवनको जनजीवन सामान्य बन्न थालेको छ । सरकार र
संयुक्त थारु संघर्ष समितिबीच बुधवार राती १० बुँदे सहमति भएपछि चितवनमा
जेठ १ गतेदेखि जारी बन्द खुलेको हो ।
संयुक्त थारु संघर्ष समितिले जेठ १ गते देखि ६ गतेसम्म, आदिबासी जनजाति महासंघले ७ गते देखि ९ गतेसम्म र त्यसपछि थारु संयुक्त संघर्ष समितिले चितवनमा यातायात, बजार पसल, शैक्षिक संस्था बन्द गराएका थिए ।
बन्द खुलेपछि चितवनका सडकमा लामो तथा छोटो दूरीका सवारीका साधान बिहानैबाट चल्न थालेका छन् भने बजार पसल पनि खुलेका छन् । लगातारको बन्दका कारण चितवनको कुखुरापालन, कृषि, पर्यटन लगायतका ब्यवसाय प्रभावित बनेका थिए ।