काठमाडौँ, जेठ ७ - आदिवासी जनजाति महासंघको आह्वानमा तीन दिने
बन्दको पहिलो दिन आज बिहानैदेखि राजधानीको जनजीवन प्रभावित भएको छ।
राजधानीका विभिन्न चोकमा बन्दकर्ताहरुले सवारी साधन चल्न रोक लगाएका छन्।
बन्दका कारण शैक्षिक संस्था, कलकारखाना, उद्योगधन्दा चल्न सकेका छैनन् ।
आजको बन्दलाई आन्दोलनरत बृहत् मधेसी मोर्चाले पनि समर्थन गरेको छ।
मोर्चाको आह्वानमा जेठ १ देखि तराईका केही जिल्ला बन्द छन्। आज त्यहाँ
छैटौँ दिन लगातार बन्द भएको हो।
नाम र सीमाङ्कन बिनाको ११ प्रदेशको सहमति खारेज गर्नुपर्ने, पहिचानसहितको संघीयता हुनुपर्ने, आदिवासी जनजातिका हक अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका माग राखेर उनीहरु आन्दोलनमा छन् ।
नेपाल बन्दमा एम्बुलेन्स, प्रेस, रेडक्रस, दमकल, स्वास्थ्यसेवा, मानव अधिकार अनुगमन टोली, मलामी, जन्ती, कुटनितिक नियोग, विदेशी पर्यटक, पिउने पानीको टयाङ्कर, दूध, पेट्रोल, डिजेल ग्यास, औषधी पसल, औषधीको गाडी र सुरक्षा निकायका गाडीहरुलाई अवरोध नगर्न आयोजकका तर्फबाट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले विज्ञप्ति जारी गरे पनि प्रेसमाथि समेत आक्रमण भएका छन्।
काठमाडौँको बुद्धनगरमा कान्तिपुरको गाडीमा आक्रमण भएको छ भने कुपण्डोलमा कारोबार दैनिकको सवारी साधन तोडफोड भएको छ। त्यसैगरी जोरपाटीमा पनि कान्तिपुरको गाडीमा तोडफोड भएको छ। त्यस्तै ग्वार्कोमा हिमालय टेलिभिजनका क्यामेराम्यान वाइपी घिमिरेको बा २० प ३८९९ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ। घिमिरेले पत्रकार परिचय पत्र देखाउँदादेखाउँदै प्रेस ज्याकेटसमेत खोल्न लगाएर मोटरसाइकलमा आगजनी गर्दै क्यामेरा फुटाल्ने प्रयास गरेको नेपाल पत्रकार महासंघ, हिमालय टेलिभिजन प्रतिष्ठान शाखाका अध्यक्ष प्रल्हाद गुरागाइँले बताए। गुरागाइँले विज्ञप्ति प्रकाशित गर्दै दुर्व्यवहारको निन्दा गरेको छ।