हिम पहिरोमा मृत्यु हुने १४ पुगे, उद्दार जारी, पचास बढी बेपत्ता ५० जति बेपत्ता रहेको प्रहरी भनाई आधा दर्जन बस्ती बेखवर
पोखरा, वैशाख २३ - माछापुछ्रे हिमालबाट शनिबार बिहान गएको हिम पहिरोले सेतीनदीमा बाढीको रुप लिँदा कम्तिमा १४ जनाको मृत्यु भएको छ । मृतक संख्या अझै बढ्न सक्ने प्रहरी अनुमान छ । प्रहरीले करिब ५० जना बेपत्ता रहेको जानकारी दिए पनि यकिन संख्या खुल्न सकेको छैन ।
कास्कीको माछापुछ्रे र सर्दी...खोला गाविसका आधा दर्जन बस्तीका बारेमा जानकारी पाउन सकिएको छैन । ती बस्तीहरूलाई बाढीले बगाएको अनुमान गरिएको छ ।
माच्छापुछ्रे र सार्दीखोलाको सीमा क्षेत्रमा पर्ने खारापानी क्षेत्र बाढीको बसैभन्दा ठूलो चपेटामा परेको छ । त्यही पसल गरेर बस्ने गोपाल ताम्राकारको शव भेटिएको छ । अन्यको नाम ठेगाना खुलेको छैन । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयहरू उद्दारमा लागेको छन् । हेलिकप्टरबाट पनि अनुगमन गरिएको छ ।
सार्दी खोला–९ को तातोपानीमा डुब्न गएका २० जना जाति पनि बेपत्ता छन् । त्यसमा तीन जना रूसी पर्यटक रहेको बताइएको छ । त्यसैगरी माछापुछ्रे गाविसका चार जना पनि बेपत्ता छन् । पोखराको ला–गान्धी इन्टरनेसन कलेजबाट वनभोज खाना गएका १६ जना विद्यार्थी मध्ये २ जना बेपत्ता रहेको पनि बताइएको छ ।
हिमपहिरोका कारण सेती नदीमा आएको बाढीले पुल र चारबटा ट्रक समेत बगाएको छ । यस्तै स्याङ्जाबाट वनभोजका लागि आएको बस पनि बगाएको छ । बाढी बिहान १० बजेतिर बाट सुरु भएको बाढी अहिले सार्दीखोला हुँदै पुरुन्चौरतर्फ आउँदै गरेको स्थानीयबासीले बताएका छन ।
पश्चिमाञ्चलका डिआईजी राजेन्द्रसिंह भण्डारीले थप क्षति हुन नदिनका लागि आम नागरिकलाई सुसूचित गर्ने तथा उद्धार कार्यमा नेपाली सेना, सशस्त्र तथा जनपथ प्रहरी सक्रियताका साथ परिचालन भएको बताएका छन् । चार जनको शव भेटिएको र तीन जनालाई जिवितै उद्धार गरिएको उनले बताए । थप क्षतिको विवरण संकलन भइरहेको उनले जनाएका छन् ।
बाढीले रूखहरू बगाउनुका साथै खेतमा कटान थालेको छ । नदी आसपासका बासिन्दा भागाभाग गरेको पुरुन्चौर १ कि सम्झना अधिकारीले जानकारी दिइन् । सार्दीखोलका ललित ताम्राकारले मानिसमा भागदौड भएको जानकारी दिए । ठूलो आवाजका साथ आएको बाढीले पुल र नजिकैका घरहरू पनि बगाएको स्थानीयबासीले जानकारी दिएका छन् ।
पोखरा विमानस्थलका वरिष्ठ अधिकृत अनुप जोशीले माछापुच्छ्रेतर्फ उड्दै गरेका जहाजले हिउँपहिरोका कारण ठूलो बाढी सेती नदी हुँदै पोखरातर्फ आउदै गरेका बताए । 'हिउ पहिरोले ठूलो बाढी पोखरातिर आउँदै गरेका दृश्य विमानबाट देखिएको जानकारी आएको छ' उनले भने 'चाँडै नै पोखरातिर आउँदै गरेकाले सबैलाई सचेत रहन सञ्चारमाध्यमबाट सूचना प्रवाह गरिदिनुहुन आग्रह गदर्छौ । बाढीले कति क्षति पुगे सो बारेमा विवरण प्राप्त भइसकेको छैन ।
यसैबीच प्रधानमन्त्री बाबुराम भट्टराईले यस प्राकृतिक बिपत्तिमा परेकाहरूका उद्दारका लागि सबै स्रोत साधनको परिचालन गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री पोखराको प्रशासनसँग नियमित प्रत्यक्ष सम्पर्कमा छन् । उनको निर्देशनमा उद्धारका लागि विज्ञहरूको टोली सहित सेनाको हेलिकप्टर त्यता गएको छ ।