जेठ १०-(तनहुँ खबर सम्बदात ): थरुहट थारुवान प्रदेशको माग राख्दै आजदेखि १२ गतेसम्मका लागि थप तीन दिने आमहड्तालको घोषणा.........
आदिवासी जनजाति संयुक्त संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएपनि थरुहट थारुवान प्रदेशको माग राख्दै आएको थारु संयुक्त संघर्ष समितिको आमहड्ताल जारी छ । माग सम्बोधनका लागि सरकारले गम्भीरता नदेखाएको भन्दै संयुक्त संघर्ष समितिले आजदेखि १२ गतेसम्मका लागि थप तीन दिने आमहड्तालको घोषणा गरेको छ । संघर्ष समितिमा आवद्ध दल तथा संघसंस्थाले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा सरकारले पटकपटक वार्तामा बोलाएर धोका दिएको वार्ताका नाममा अल्झाएर आन्दोलन कमजोर बनाउन खोजेको र सरकारबाट आन्दोलनको उपेक्षा गर्ने काम भएकाले थप आन्दोलनको घोषणा गरिएको जनाइएको छ । आमहड्तालका कारण आज पनि बिहानैबाट चितवन लगायत तराईका सम्पूर्ण जिल्लाको जनजिवन प्रभावित भएको छ । आमहड्तालले गर्दा पूर्वपश्चिम राजमार्गमा सार्वजनिक यातायातका साधनहरु चल्न सकेको छैन