जेलमा परेको नेपालीलाई छुटाउन माग गर्दै दुई
दिन देखि कम्पनिमा काम ठप्प
पशुपति श्रेष्ठ सनैया कतार,
कतारको न्यु भर्सन ट्रेड एण्ड कन्ट्रक्सनमा काम
गर्दै आएका कामदारको कतारमा रहेर काम गर्न
सक्ने
आईडि नबनाईदिएर पुलिसले पक्राउ गरी जेल
पुगेका स्याङग्जाका प्रेम बिक लाई छुटाउन
को लागि कम्पनिमा काम गर्दै
आएका नेपाली ,श्रीलङका,
भारतका गरी करीवएक सय भन्दा धेरैले
कम्पनिमा काम ठप्प पारेका छन।
हिजो देखि काम गर्न नगएको र
हिजो राति कम्पनिको मन्धुप काममा जाऔ
हामिले जेलबाट छिटै निकाल्छौ भने
पनि कामदारहरुले
मन्धुपलाई आज सम्म ननिकालेको कहिले
निकाल्छस भन्दै हातपाई समेत गरेका छन।
स्याङग्जाका प्रेम गत आठ महिना पहिले कतार
आएका थिए प्रेमको आज सम्म कतारको लेवर
आइडि नबनेको बुझिएको छ। दिनभरी काम
गरी साँझ कोठामा आउने क्रममा उनलाई कतार
पुलिसले पन्ध्रँ दिन पहिले पक्राउ गरेको हो।
उक्त कम्पनिमा प्रेम मात्र नभई अन्य पचास
जना भन्दा धेरैको आईडिको समय
अवधि सकियो छ।
कम्पनिमा कुरा गर्दा कम्पनि नविकरण
नगरीएको कम्पनिले बताएको छ।
आज प्रेम मात्र जेल गयो भोलि हामिलाई
पनि जेल जान के भर भन्दै
कम्पनिको काममा नगई अन्य कामदार
बसेका छन्।
कामदारहरुले जब सम्म प्रेमलाई जेलबाट
छुटकारा पाउदैन र जब सम्म अन्य
कामदारको आईडि नविकरण गरिदैन तब सम्म
काममा नजाने लगाएत अन्य विविध माग राख्दै
काम ठप्प पारेको बुझिएको छ।
जेलमा परेको नेपालीलाई छुटाउन माग गर्दै दुई
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com