काठमाडौं, जेठ ८ - सरकार र बन्दकर्ता आदिवासी जनजाति समूहबीच अहिले
केही समयमा वार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान
प्रमुख तीन दलका शीर्षनेतासहित प्रधानमन्त्रीले जनजाति प्रतिनिधिसँग वार्ता
गर्नेछन्।
जातीय पहिचानसहितको संघीयता माग्दै आन्दोलनमा उत्रिएको आदिवासी जनजाति संयुक्त संघर्ष समितिलाई सरकारले वार्तामा बोलाए पनि समितिका पदाधिकारी गएनन्। उनीहरुले सरकारलाई आन्तरिक बैठक लम्बिएको भन्दै सोमबार वार्तामा बस्ने जानकारी पठाए।
बन्द हिंसात्मक बन्दै गएपछि सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री कृष्ण सिटौलाले समितिका पदाधिकारीलाई वार्तामा बोलाएका थिए। आइतबार बेलुका ६ बजे वार्ताको समय तोकिए पनि समितिका पदाधिकारी गएनन्।
संघर्ष समितिको बैठक जारी भएकाले सरकारसँग वार्तामा जान नभ्याएको बताउँदै समिति सचिवालयका संयोजक परशुराम तामाङले सोमबार (आज) बिहान आठ बजे सरकारसँग वार्ता गर्न जाने बताए।
सरकारले वार्तामा बोलाएलगत्तै आन्दोलनको घटक आदीवासी जनजाति महासंघ र संघर्ष समितिका अधिकारीबीच मत बाझिएको थियो। महासंघका अध्यक्ष राजकुमार लेखीले बन्दका क्रममा पक्राउ परेकाको रिहाइ र घाइतेको उपचार नभई वार्तामा बस्न नहुने अडान लिएका थिए। तर, संघर्ष समितिका अन्य अधिकारी भने सरकारसँग वार्तामा बस्नुपर्नेपक्षमा उभिएका थिए। आन्दोलनमा घुसपैठ भएको भन्दै समितिका अधिकारी वार्तावाट समस्या समाधान हुन्छ भने त्यसमा सहमत हुनुपर्ने पक्षमा उभिएका थिए।
वार्तामा बस्ने कि नबस्ने भन्ने विषयमै मत बाझिएपछि निर्णयका लागि साढे ५ बजे समितिको बैठक बसेको थियो। तामाङले समितिको बैठक लम्बिएकाले आइतवार वार्तामा बस्न नसकेको जनाए।