म्याग्दी,, जेष्ठ १४
गणतन्त्र दिवसको अवसरमा आज म्याग्दी
सदरमुकाम बेनीमा सरसफाइ गरिएको छ । आज दिवसको अवसरमा कालीपुल बसपार्क
क्षेत्रमा सरसफाइ गरिएको हो । अर्थुङ्गे गाविस सचिव कृष्ण वहादुर कार्कीको
संयोजनमा गरीएको सरसफाई कार्यक्रममा विभिन्न सरकारी तथा संघसंस्थाका प्रमुख
तथा प्रतिनिधि, म्याग्दी उद्योग बाणीज्य संघका पदाधिकारी, आमा समुह,
स्थानियबासी र प्रहरीले संयुक्त रुपमा सरसफाई गरेका हुन् । त्यस्तै दिवसको
अवसरमा जिल्ला अस्पताल म्याग्दीमा म्याग्दी उद्योग बाणीज्य संघको संयोजनमा
संघका सदस्य नारायण जिसीबाट १२ वटा फोहोर संकलन गर्ने भाँडो (डस्टविन)
वितरण गरिएको थियो । त्यस्तै दिवसकै अवसरमा मंगलबार म्याग्दी कारागारका
कैदीहरुलाई पंखा वितरण, बौद्विक अपांगता बालबालिकाहरुलाई खेलकुद तथा
शैक्षिक सामाग्री वितरण गर्नेलगायतका कार्यक्रम गरिंदैछ ।