लोकराज भण्डारी, जेष्ठ १७
स्याङ्जाको दरौँ गाविसका महिला मदिरा, जुवातास नियन्त्रण अभियानमा सक्रिय भएका छन् । स्याङ्जाको दरौँ गाविसको जनजागृती आमा समूहले गाविसलाई जुवातास तथा मदिरा नियन्त्रण गाविस घोषणा गरेर सक्रियता देखाएका हुन् । जाँडरक्सी तथा जुवातासका कारण हुने भैmझगडाले महिलालाई असर पार्ने भएकाले आफूहरुले अभियान थालेको महिला समूहको भनाइ छ । दरौँ गाविस ६ मा रहेको जनजागृती आमा समूहले गाँउमा मात्र होइन गाविस तथा अन्य संघ सस्थाको सहयोगमा गाविसलाई नै जुवा, तास र मदिरा निषेधित गाविस घोषणा गरेका छन् । गाउँमा जाड रक्सी खाएर दैनिकजसो घरेलु तथा पारिवारीक हिंसा बढ्न थालेपछि महिलाहरु आफै सक्रिय भएर लागेका हन् । अभियान संचालन भएपछि दैनिक हुने लैङ्गिक तथा घरेलु हिंसामा कमी आएको समुहकी अध्यक्ष इश्वरी चुवाइको भनाइ छ ।