भद्रपुर, ३ जेठ-
पत्रकार यादव पौडेलको हत्याको विषयमा छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोग विर्तामोडमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।
पत्रकार यादव पौडेलको हत्याको विषयमा
छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोग विर्तामोडमा
कार्यालय स्थापना गरी काम सुरु गरेको छ । पौडेल हत्याको सम्बन्धमा छानबिनका
लागि सरकारले पूर्वन्यायाधीश केशवप्रसाद बस्यालको संयोजकत्वमा गठित तीन
सदस्यीय आयोगले मङ्गलबारदेखि काम सुचारु गरेको हो ।उक्त आयोगमा
सहन्यायाधिवक्ता युवराज सुवेदी र प्रहरी नायब महानिरीक्षक टपेन्द्रध्वज
हमाल सदस्य रहेका छन् ।आयोगको टोलीले मङ्गलबार प्रमुख जिल्ला अधिकारी
नरेन्द्रराज शर्मासँग भेट गरी घटनाको अहिलेसम्मको वस्तुस्थितिबारे जानकारी
लिएको सहायक प्रजिअ योगेन्द्र दुलालले जानकारी गराउनुभयो ।पत्रकार यादव चैत
२१ गतेको मध्यरातिमा विर्तामोडस्थित नयाँ बसपार्कमा सञ्चालित पूर्वाञ्चल
सेकुवा कर्नर एन्ड गेस्ट हाउस नजिकको सडकमा मृत अवस्थामा फेला परेको थियो ।पत्रकार यादव पौडेलको हत्याको विषयमा छानबिन गर्न सरकारद्वारा गठित उच्चस्तरीय न्यायिक छानबिन आयोग विर्तामोडमा कार्यालय स्थापना गरी काम सुरु गरेको छ ।