Responsive Ad Slot

latest

चट्याङ लागेर पाँच जनाको मृत्यु, २१ घाइते

Thursday, May 31

/ by Admin BHOLA THAPA
खोटाङ, जेष्ठ १८ – चट्याङले बुधबार राति तीन जनाको मृत्यु भएको छ । जिल्लाको लामिडाडा-४ का २२ वर्षीय बालकुमार श्रेष्ठ, खार्पा-२ का ५६ वर्षीय रामबहादुर राई र नुनथला-४ की लक्ष्मी राईको मृत्यु भएको हो ।
लामिडाडा-४ की कुमारी श्रेष्ठ, नीरकुमारी श्रेष्ठ, खार्पा २ की रीता राई, दिक्तेल ७ की कमला थापा, बाम्राङ ६ की रीता बस्नेत घाइते भएको प्रहरी नायव उपरीक्षक वसन्तकुमार थापाले जानकारी दिए ।

धनकुटा

यसैगरी बुधबार राति परेको चट्याङले धनकुटाको वेलहारा ५ बर्राबोटेमा एक वृद्धको मृत्यु भएको छ ।
राति १० बजेतिर वर्षासँगै चट्याङ पर्दा घरको सिढी उक्लदै गरेका ६५ वर्षीय टेकबहादुर कार्कीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य परिवार सदस्य भने सकुशल  रहेका छन् ।

उदयपुर

तयस्तै बर्षातसंगै परेको चट्याले लागेर उदयपुरको पोखरी गाविस – २ भदौरेमा बुधबारराति एक बृद्धाको मृत्यु भएको छ । अन्य ६ घाइते भएका छन ।
घरको र्वादलीमा वसि रहेको अवस्थामा एक्कासी परेको चट्याङ्गले लागेर ५० बर्षीय खडगबहादुर मगरातीको मृत्यु भएको हो । चट्याङ्ग लागेर मृतक मगरातीकी छोरी बिना, नरबहादुर सार्की, जुना खत्री सहित ६ जना घाइते भएको भदौरे प्राविका शिक्षक कृष्ण खत्रीले बताए । घाइते मध्ये नरबहादुर र जुनाको अवस्था गंम्भीर रहेको शिक्षक खत्रीले बताए ।
गंम्भीर घाइते दुवैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । अन्य घाइते उपचारपछि घर फर्किए छन् । नरबहादुर र जुनाको भने अहिलेसम्म होस नखुलेको शिक्षक खत्रीले बताए ।

Don't Miss
© all rights reserved
made with by netKUTI