जेठ ४, ब्राह्मण, क्षेत्री, ठकुरी, दशनामीको संयुक्त मोर्चाले आह्वान गरेको
आमहड्तालका कारण देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित बनेको छ ।
आमहड्तालको कारण काठमाडौंमा यातायातका साधन फाट्टफुट्ट मात्रै चलेका छन् ।
शैक्षिक संस्था, कलकारखानालगायत क्षेत्रमा काम हुन सकेको छैन । आमहड्ताललाई
दृष्टिगत गरी काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंको
बालाजु, कलंकी, सामाखुसी, चावहिललगायतका स्थानमा प्रदर्शन गरिएका छन् ।
काठमाडौं बाहिरका जिल्लाको जनजीवन पनि प्रभावित बनेको छ । बन्दको कारण धादिङ, पोखरा, चितवन, नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ, नेपालगञ्ज, रुकुम, बीरगञ्ज, सुनसरी, पाँचथर, इलाम, झापालगायतका जिल्लामा यातायातका साधन चलेका छैनन् भने बजार, कलकारखाना र शैक्षिक संस्था खुलेका छैनन् । कक्षा ११ को परीक्षालाई भने अवरोध नगरिएको जनाएका छन् । प्रेस, एम्बुलेन्स र खानेपानीको गाडीलाई चल्न दिइएको छ । जिल्लाहरुमा पनि बन्दकर्ताले विहानैदेखि प्रदर्शन गरेका छन् । बन्दको प्रभाव पोखरामा बढी देखिएको छ । बन्दकर्ताले बिहानैदेखि पोखराको मुख्य चोकहरुमा नाराबाजी गर्दै बसेका छन् ।
पर्यटकीय क्षेत्र लेकसाईडका पसलहरु समेत बन्द गराइएका छन् । पर्यटकहरु मार पारेको छ । बन्दको कारण जनकपुर–जयनगर रेल्वे समेत प्रभावित बनेको छ । जातीय राज्य हुन नहुने र आफूहरुलाई पनि आदिवासीमा सूचिकृत गर्नुपर्ने लगायतका दुई बुँदे माग राख्दै चरणबद्ध आन्दोलनमा उत्रिएका संयुक्त संघर्ष समितिले मागको सुनुवाई नभएको भन्दै आमहड्तालमा आह्वान गरेको हो । आमहड्ताल बिहान ६ देखि सांझ ५ बजेसम्म हुने समितिले जनाएको छ ।