दिपेश पौडेल, रौतहट, जेष्ठ ३
स्थानीय शान्ति समिति कार्यालय रौतहटले
दुईवटा शिर्षकमा आएको रकम काम नै नगरी नक्कली विल बनाएर फछ्र्याैट गरेको
खुलासा भएको छ । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट जिल्ला शान्ति समिति
रौतहटमार्फत कार्य सन्चालन गर्न पठाएको रकममा अनियमितता भएको हो । बारुदी
सुरुङ विरुद्ध जनचेतना अभियानको एक लाख पचाँस हजार रुपौयाँ र स्थानिय
शान्ति समितिको स्मारिका प्रकाशनका लागि पचाँस हजार पठाइएको थियो । तर
स्थानीय शान्ति समितिका कार्यालय सहायक रामाकान्त प्रसाद गुप्ता र शान्ति
समितिका पदाधिकारी मिलेर कामै नगरी नक्कली विल बनाएर फर्छयौट गरेको पाइएको छ
। गत आ.व. ०६७÷०६८ मा नै मन्त्रालयबाट आएको रकमको बारेमा शान्ति समितिको
बैठकबाट कुनै निर्णय नै नगराई जिल्ला प्रशासन कार्यालयबाट पेश्कि लिई कामै
नगरी फछ्र्यौट गरी फाइल मन्त्रालयमा पठाएको शान्ति समितिका एक पदाधिकारीले
बताएका छन् ।