Responsive Ad Slot

latest

पत्रकार महासंघ चितवनको सञ्चार माध्यम र पत्रकारहरुका लागि आचारसहिंता ।।

Sunday, May 20

/ by Unknown


धु्रवराज खनाल, चितवन ,जेष्ठ ७
नेपाल पत्रकार महासंघ चितवन शाखाले हाल देशमा भइरहेको बन्द हड्ताल लगायतका कारण उत्पन्न असहज परिस्थितीलाई मध्यनजर गरी जिल्लाका सञ्चार माध्यम र पत्रकारहरुका लागि आचारसहिंता जारी गरेको छ । पछिल्लो समय बन्द हड्तालको समयमा पत्रकारहरुले अनावश्यक रुपमा सास्ती खेप्नु परेको र नक्कली पत्रकार परिचयपत्र वनाई केहीले दुरुपयोग गरेकाले महासंघ चितवन शाखाले आज जिल्लामा रहेका संचार माध्यम र पत्रकारहरुसंगको अन्र्तरक्रियापछि १० बुँदे आचारसहिता जारी गरेको हो । महासंका जिल्ला अध्यक्ष जनक अर्यालको अध्यक्षतामा भएको अन्र्तरक्रियापछि जारी गरिएको आचारसहिंता अनुसार अवका दिनमा सबै किसिमका बन्द हड्तालको पूर्व सूचना नदिने, पत्रकारले तटस्थ बसेर समाचार संकलन तथा प्रकाशन प्रशारण गर्ने, विद्युतिय सञ्चार माध्यमले सबै किसिमका बन्द हड्ताल तथा आन्दोलनका प्रत्यक्ष प्रशारण नगर्ने, बन्द, हड्ताल लगायतका आन्दोलनका समाचार संकलन गर्न जाँदा आफ्नो पहिचान लिएर जाने (परिचयपत्र, सवारी साधनमा प्रेस टाँस्ने) तर, स्थायी प्रेस आफ्ना सवारी साधनमा नराख्ने जस्ता बुँदाहरु आचार संहितमा उल्लेख गरिएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI