Responsive Ad Slot

latest

राष्ट्र बैंकले तोकेको मूल्यमा कारोबार नहुँदै डलरको भाउ बढ्यो

Thursday, May 31

/ by Admin BHOLA THAPA
, काठमाडौं, जेठ १८ - बिहीबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको मूल्यमा कारोबार हुन नपाउँदै यसको भाउ दुई पटक बढेको छ। भारतीय रुपियाँ अमेरिकी डलरभन्दा २६ पैसा सस्तिएकाले नेपालको मुद्रा बजारमा त्यसको प्रभाव परेको हो।आजका लागि राष्ट्र बैंकले विनिमय दर ८९ रुपियाँ ४४ पैसा तोकेकोमा कारोबार हुन नपाउँदै यसको मूल्य ९० रुपियाँ ५० पैसा पुगेको छ। राष्ट्र बैंकले डलरको भाउ तोकेपनि वाणिज्य बैंकहरुको संगठन फरेन एक्सचेन्ज डिलर्स एसोसिएसनले भारतीय रुपियाँको भाउमा आएको उतार चढावअनुसार नेपालको भाउ निर्धारण गर्छन्।

अमेरिकी डलरको तुलनामा भारतीय रुपियाँको भाउ अहिलेसम्मकै कम विन्दुमा पुगेको छ। हिजो एक अमेरिकी डलरको मूल्य भारु ५६ रुपियाँ २४ पैसा थियो। आज बिहान यो मूल्य ५६ रुपियाँ ५० पैसा पुगेको छ। युरोको तुलनामा डलर बलियो हुनेक्रम बढेकाले बजारमा यस्तो उतार चढाव आएको हो।

डलर महगिँदा नेपालको व्यापार घाटा थप फराकिलो हुन जान्छ। सबैभन्दा बढी आयात हुने पेट्रोलियम पदार्थको भाउ बढाउन यसले प्रेरित गर्छ। साथै सरकारले डलरमा किन्नेगरी सम्झौता गरेका जलविद्युत आयोजनालाई तिर्नुपर्ने रकम पनि माथितिर उकासिन्छ। रेमिट्यान्सबाट भने नेपालले फाइदा पाउन सक्छ।
Don't Miss
© all rights reserved
made with by netKUTI