काठमाडौ, जेष्ठ १२( तनहुँ खबर डट कम सम्बदाता ) - मधेसी मोर्चा सहित प्रमुख तीन राजनीतक दलको शुक्रबारको बैठक बिना निष्कर्ष टुंगिएको छ । एमाले नेता वामदेव गौतमका अनुसार मुलुकलाई संघीयतमा लैजान ६ देखि १५ प्रदेशका बीचमा छलफल भएको छ । माओवादी समस्यालाई निकास दिन तयार नभएको गौतमको आरोप थियो । गौतमले भने, 'संविधानसभा विघटन भयो भने सबैभन्दा ठूलो दल भएकाले त्यसको जिम्मेवारी माओवादीले लिनुपर्छ ।'
सहमति भइसकेका विषयमा बखेडा झिकेर मतदान प्रक्रियमा जाने भन्ने माओवादीको प्रस्ताव अनुपयुक्त भएको उनले बताए ।
बैठक सकिनुअघि नै निस्किएका माओवादी उपाध्यक्ष नारायण काजी श्रेष्ठका अनुसार १० वा १४ प्रदेशमा सहमति गर्न प्रयत्न भइरहेको थियो । श्रेष्ठले भने, 'हाम्रो पर्टीका तर्फबाट अध्यक्ष कमरेडले १० वा १४ प्रदेशको प्रस्ताव गर्नुभएको छ ।' यदि यसमा सहमति नभए संविधानसभाका सदस्यहरूको अधिकारलाई सम्मान गर्दै मतदान प्रक्रियामै जानु सर्वोत्तम विकल्प हुने दाहालको धारणा रहेको श्रेष्ठले बताए ।
श्रेष्ठले भने, 'संवैधानिक समिति, उपसमिति र संविधानसभामा समेत छलफल गर्न नमान्ने कांग्रेस एमालेले मुलुकलाई कस्तो निकास दिन खोजेका हुन बुझ्नै सकिएन ।' संविधान नबनी संविधानसभाको विघटन भए त्यसको जिम्मेवारी कांग्रेस एमालेले लिनुपर्ने श्रेष्ठले बताए ।
संविधान निर्माणमा भए गरेका प्रगतिको जानकारी लिन राष्ट्रपति रामवरण यादवले मधेसी मोर्चासहित प्रमुख तीन राजनीतिक दललाई ३ बजे आफ्नै निवासमा बोलाएका छन् । यसअघि नै सहमति गरेर जाने दलहरुको प्रयास भने निरर्थक भएको छ ।