Responsive Ad Slot

latest

प्रधानमन्त्री संविधानसभाको म्याद थपको गृहकार्यमा रहेको प्रमका प्रमुख राजनीतिक सल्लाहकार पौडेल ।।

Sunday, May 13

/ by Admin BHOLA THAPA
नेपाल समाचार 2012, May, 13th, Sun, 12:11:27pm

वैशाख ३१, काठमाण्डौं
 प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देबेन्द्र पौडेल सुनिलले प्रधानमन्त्री डा बाबुराम भट्टराई संविधानसभाको म्याद थप्ने गृहकार्यमा जुटेको बताउनु भएको छ । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा पौडेलले संविधानसभाको म्याद थपेर भए पनि संविधान जारी गर्ने स्पष्ट पार्ने त्यसका लागि आइपर्ने कानूनी जटिलता मिलाउने बताउनुभयो । संविधान जारी नभई संविधानसभा विघठन नहुने भन्दै प्रधानमन्त्री पनि संविधान जारी नभई संविधानसभा विघठन हुन दिन नहुने पक्षमा नभएको बताउनुभयो । जाती, सांस्कृतिक र भाषागत पहिचानसहितको संघको नामाकरण हुनुपर्ने भन्दै माओवादीले पहिचानलाई पुरै छाड्न नसक्ने पौडेलको भनाइ छ ।
साक्षात्कारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपकुमार उपाध्यायले वास्तविक रुपमा राष्ट्रिय सहमतिको सरकार बन्न सके संविधानसभाको म्याद थप्न सकिने बताउनुभयो । साझा नामाकरण भए काग्रेस ११ प्रदेशसम्म जान सक्ने स्पष्ट पार्दै एकल जातीय पहिचान हुने गरी संघीयता निर्माण गर्न खोजिए त्यो कांग्रेसलाई स्विकार्य हुन नसक्ने स्पष्ट पार्नुभयो ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले संविधानसभाको म्याद थप्न नसकिने सर्वोच्च अदालतको फैसला प्रति गंभिर असहमति व्यक्त गर्दै संविधान जारी नभएसम्म संविधानसभा विघठन हुन नसक्ने ठोकुवा गर्नुभयो । शासकीय स्वरुप र संघीयताको विषयलाई मतदानबाट टुङग्याउने प्रयास गरिए त्यो मुलुकको लागि दुर्भाग्य हुने भन्दै त्यस्तो अवस्थामा संविधान पनि बन्न नसक्ने बतानउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI