Responsive Ad Slot

latest

अनारखेतीका लागि नर्सरी सुरु

Wednesday, May 16

/ by Admin BHOLA THAPA
इलाम, ३ जेठ-
इलामको बरबोटे गाविसस्थित तोरीबारीमा अनारको व्यावसायिक खेतीका लागि नर्सरी सुरु भएको छ ।
इलामको बरबोटे गाविसस्थित तोरीबारीमा अनारको व्यावसायिक खेतीका लागि नर्सरी सुरु भएको छ । जिल्लामा अहिलेसम्म व्यावसायिकता नपाएको अनारखेती विस्तारका लागि यहाँको किसान समूहले नर्सरी गरेर बिरुवा उत्पादनको प्रायस थालेको हो ।यही वर्षमात्र राखिएको नर्सरीमा ६० हजार बिरुवा उत्पादन हुने भएका छन् । यी बिरुवा यसै वर्षको आउँदो असार महिनादेखि रोप्न किसानले लक्ष्य राखेका छन् । रामेछापका किसान हीरालाल आचार्यको नक्कल गर्दै बरबोटेका कृषकले अनारको व्यावसायिक खेतीका लागि पहल थालेका हुन् । समुद्रसतहदेखि दुई हजार मिटर उचाइसम्मका सबै हावापानीमा यसको खेतीगर्न सकिने भएकाले जिल्ला कृषि विकास कार्यालय रामेछापले त्यहाँ अनारखेतीको सिफारिस गरेको थियो ।अनारखेतीका लागि यसअघि यहाँ कसैले पहल गरेको थिएन महङ्गोमा मूल्यमा बजारमा पाइने अनार खेती आफ्नै करेसाबारीमा फस्टाउने जानेपछि किसानहरू उत्साहित भएका हुन् । यहाँको नर्सरीमा उत्पादित अनारको बिरुवा सस्तो मूल्यमा किसानलाई बिक्री गरिने नर्सरी स्थापनामा सक्रिय स्थानीय प्रदीप घिमिरे बताउनुभयो । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI