विभिन्न सङ्गठन तथा समूहकहरूबाट २९ दिनदेखी भईरहेको अनिश्चिकालीन बन्द कारण असुरक्षीत र पत्रिका प्रकाशन गर्ने सामाग्री अभाव भएको भन्दै जिल्लाबाट प्रकाशीत हुने सम्पूर्ण पत्रपत्रिकाहरू प्रकाशन बन्द गर्न बाध्य भएको पत्रिकाका सम्पादकहरूले बताएका छन् ।
जिल्लाबाट प्रकाशन हुने १३ ओटा दैनिक पत्रिका सम्पादक, प्रधानसम्पादक, निर्देशक र प्रकाशकहरूले संयूक्त रुपमा एक विज्ञप्ति प्रकाशन गरी निरन्तर बन्दबाट यस क्षेत्रका सञ्चार माध्यामहरू समेत नराम्ररी प्रभावित भएपछि पत्रपत्रिका प्रकाशन गर्ने असमर्थ रहेको जनाइएको छ ।
प्रकाशन सामग्रीको अभाव र सुरक्षाको ग्यारेण्टी नभएका कारण पत्रपत्रिकाहरू प्रकाशन गर्न समेत अत्यन्त कठिनाई भएकोले धनगढीबाट प्रकाशित हुँदै आएका सम्पूर्ण दैनिक पत्रिकाहरू स्थिति सहज नहुँदासम्मका लागि अनिश्चितकालीन बन्द गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।